• ट्रेण्डिङ:

एकैदिन ११ जना कोरोना संक्रमित भेटिएपछि हलेसी तुवाचुङ नगरपालिकालाई शिल

एकैदिन ११ जना कोरोना संक्रमित भेटिएपछि हलेसी तुवाचुङ नगरपालिकालाई शिल

रोदिक खबर

२६, बैशाख २०७८
  • 2.1K
    SHARES
  • एकैदिन ११ जना कोरोना   संक्रमित भेटिएपछि हलेसी तुवाचुङ नगरपालिकालाई शिल

     खोटाङ । कोभिड–१९ संक्रमित भेटिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई शिल गरिएको छ । आइतबार बिहान हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको छापडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसीमा गरिएको एन्टीजेन परिक्षणका क्रममा ११ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकालाई सिल गरिएको हो ।

    संक्रमित भेटिए लगत्तै अर्को व्यवस्था नभएसम्मका लागि नगरपालिकाभित्रका भित्र पर्ने राजमार्ग तथा सडकमा आवत–जावत बन्द गरिएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि मध्यपहाडी लोकमार्ग अन्तरगत नगरपालिकाभित्र पर्ने जयरामदेखि बिजुलेसम्मको आसपासका बजार तथा पसल बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।

    मध्यपहाडी लोकमार्ग अन्तरगतका जयराम, कदुवा, च्यास्मीटार, बोझे, बडहरे, दुर्छिम, हलेसी, अखौैले र बिजुले बजार बन्द गरिएको हो । यस्तै, दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत सोही नगरपालिकाभित्र पर्ने रेग्मीटारदेखि राजापानीसम्मको खण्ड पनि बन्द गरिएको नगरप्रमुख राईले बताए ।

    औषधि, इन्धन जस्ता अत्यावश्यक सामग्री बोकेका बाहेक अन्य सवारी साधनको आवत–जावतमा पूर्णरुपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । भिडभाड भएर गरिने धार्मिक, साँस्कृतिक एवं राजनीतिक कार्यक्रममा पनि बन्देज लगाइएको छ ।

    संक्रमणबाट बच्न नगरप्रमुखको यस्तो सुझाव ...

    एन्टीजेन परिक्षण गरिएकामध्ये धेरैजसोमा कोरोना संक्रमण पूष्टी भएपछि हलेसी तुवाचुङ नगरपालिकाले ‘आफ्नो सुरक्षामा आफै सतर्क’ रहन आग्रह गरेको छ । कोरोनाको प्रभावकारी औषधि पत्ता लाग्न नसकेको अवस्थामा नगरप्रमुख राईले ‘अरुसँग दुरी कायम’ गरेर महामारीबाट बच्न नगरबासीलाई सुझाव दिएका छन् ।

    ‘यो महामारीमा आफै सुरक्षित रहनुभन्दा अर्को विकल्प देखिएको छैन । अहिलेसम्म मेडिकल साइन्सले भरपर्दो औषधि पत्ता लगाउन नसकेको अवस्थामा बाँच्ने उपाय भनेको सबैबाट आफै जोगिने हो,’ नगरप्रमुख राईले भने, ‘सवैले महासंकटको सामना गरिहेका छौँ ।

    यो संकटसँग जुधेर बाच्ने एउटै विकल्प भनेको सामाजिक कार्यमा संलग्न नभइ दुरी कायम गर्ने अनि आवश्यक स्वास्थ्य प्रोटोकलको पालना गर्नु नै हो । त्यो प्रोटोकल पालनाका लागि नगरवासीलाई मेरो विनम्र अनुरोध छ ।’

    प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - १५:४८:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको