• ट्रेण्डिङ:

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

रोदिक खबर

६, जेठ २०७८
  • 2.7K
    SHARES
  • भिरबाट लडेर दुई जनाको मृत्यु

    दुई छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सीताराम बस्नेतको स्थानीय उत्तिसे भिरबाट लडेर मृत्यु भएको हो।

    बुधवार दिउँसो गाईबस्तु चराउन गएका केही स्थानीयहरूले बस्नेतलाई भिरभन्दा तल मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

    यसैगरी, घाँस काट्ने क्रममा उदयपुरको कटारी नगरपालिका-८ मरुवाखानी बस्ने २९ वर्षीया गीता विकको भिरबाट लडेर मृत्यु भएको छ। बुधवार साँझ ६ बजेतिर मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा भिरबाट अचानक लड्दा घटनास्थलमा नै उनकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - ११:२४:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको