• ट्रेण्डिङ:

कोरोना संक्रमणबाट राजभण्डारीको निधन

कोरोना संक्रमणबाट राजभण्डारीको निधन

रोदिक खबर

७, जेठ २०७८
  • 12.4K
    SHARES
  • कोरोना संक्रमणबाट राजभण्डारीको निधन

    खोटाङ । खोटाङमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेल  हाटडाँडाका  ५४ वर्षीय प्रदीप राजभण्डारीको कोरोना संक्रमणबाट निधन भएको हो ।

    उनी बिरामी भएको खबर पाएलगत्तै नगरको गाडीमा हालेर उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याउने बित्तिकै गएराती उनको निधन भएको नगरप्रमुख दिपनारायण रिजालले बताए । अस्पतालमा पुर्‍याउने बित्तिकै उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।  

    राष्ट्रिय वाणिज्य वैंक दिक्तेलका पूर्व प्रवन्धक समेत रहेका राजभण्डारीलाई  पाँच/छ दिन देखि सामान्य ज्वरो आएको बुझिएको स्थानीय तथा वडा सदस्यीय प्रकाश कुमार श्रेष्ठले बताए । मृतकको शव व्यवस्थापनका लागि  नेपाली सेनाको सहयोगमा सद्गदका लागि परिवारलाई नै दिने तयारी भइरहेको नगरप्रमुख रिजालले बताए ।
    नगरपालिकामा ८६ जनामा कोरोना संक्रमण भएको छ भने जिल्लाभर २५९ जनामा संक्रमण देखिएको छ। संक्रमणबाट खोटाङ घर भई अन्य ठाँउमा उपचारको क्रममा दर्जन वढिले ज्यान गुमाएपनि जिल्लामा संक्रमणबाट निधन भएको यो दोस्रो घटना हो।

    प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - ०६:०८:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको