• ट्रेण्डिङ:

दिक्तेल बजार सिल, अव आवतजावत गर्ने कार्यलाई  पूर्ण रुपमा बन्द गरिने

दिक्तेल बजार सिल, अव आवतजावत गर्ने कार्यलाई  पूर्ण रुपमा बन्द गरिने

रोदिक खबर

७, जेठ २०७८
  • 13.7K
    SHARES
  • दिक्तेल बजार सिल, अव आवतजावत गर्ने कार्यलाई  पूर्ण रुपमा बन्द गरिने

    खोटाङको सदरमुकाम दिक्तेल बजार शुक्रवारबाट सिल गरिएको छ। दिक्तेल बजारसँगै १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नै सिल गरिएको नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिए।

    कोरोना भाइरस कोभिड–१९ दोस्रो लहरको उच्च जोखिम देखिएकोले अर्को निर्णय नभएसम्मका लागि शुक्रबारदेखि नगरपालिकाभित्र प्रवेश गर्न वा बाहिरिन रोक लगाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।

    १५ वडा रहेको नगरपालिकामा एक वडाबाट अर्को वडाबाट आउजाउ गर्न समेत रोक लगाइएको छ । कोभिड–१९ को महामारी बढिरहँदा पनि आवतजावत नरोकिएकाले ‘कफ्र्यू’भन्दा कडा गर्ने तयारी भइरहेको नगरप्रमुख रिजालले बताए ।

    महामारी फैलिरहेको अवस्थामा दिक्तेलबजारकै कतिपय चोक तथा पशलमा भिडभाड लाग्ने गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कोभिड–१९ को संक्रमण फैलिन थालेपछि यसअघि नै जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकाको सिमा नाका सिल गरिसकिएको छ ।

    श्वासप्रश्वासमा समस्या भएपछि राजभण्डारीलाई बिहिबार राती अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएर एन्टीजेन परीक्षण गर्दा उनलाई कोभिड–१९ को संक्रमण पूष्टि भएको थियो ।

    बेलामा उपचारमा नलैजाँदा उनलाई बचाउन नसकिएको स्वास्थ्यकर्मीको भनाई उद्धृद गर्दै नगरप्रमुख रिजालले बताए । उनी हप्ता दिनदेखि बिरामी रहेको बताइएको छ ।

    यससँगै जिल्लामा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि ऐसेलुखर्क गाउँपालिकाका एक वृद्धको मृत्यु भएको थियो ।

    प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - १४:१०:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको