बिहिवार, कार्तिक १३ गते २०८३

उपत्यकामा एक साता निषेधाज्ञा थपियो, अब खाद्यान्न पसल पनि खोल्न नपाइने

उपत्यकामा एक साता निषेधाज्ञा थपियो, अब खाद्यान्न पसल पनि खोल्न नपाइने

रोदिक खबर

११, जेठ २०७८
  • 3.1K
    SHARES
  • उपत्यकामा एक साता निषेधाज्ञा थपियो, अब खाद्यान्न पसल पनि खोल्न नपाइने

    काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो ।

    काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय भएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिं बन्द गर्ने निर्णय भएको छ ।

    सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । ‘अब ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।’ विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ ।

    दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले १६ देखि २२ वैशाखसम्म पहिलो पटक निषेधाज्ञा लगाएको थियो । त्यसपछि २२ देखि २९ वैशाख र २९ देखि १३ जेठसम्मका लागि निषेधको आदेश जारी भएको थियो ।

    प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - १९:४१:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको