खोटाङको हलेसी तुवातुङ नगरपालिकाकी उपप्रमुख बिमला राईले कोरोना संक्रमित एक जना गर्भवती महिलालाई पोषिलो खानेकुरा प्रदान गरेकी छन् ।
आफ्नै खर्चमा उपप्रमुख राईले शनिवार हलेसी तुवातुङ नगरपालिका–४ बडहरेकी २१ वर्षीय मनिषा कटवाललाई दुई क्यारेट अण्डा, दुई डल्ला नुहाउने साबुन र एक बट्टा हर्लिक्स प्रदान गरेकी हुन ।
तीन पटक परिक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएर २० दिनसम्म होम आइसोलेसनमा बसेकी ती महिलालाई उपप्रमुख राईले शनिवार घरैमा पुगेर पोषिलो खानेकुरा प्रदान गरेकी हुन । उमप्रमुखसंगै गएका स्वास्थ्यकर्मीको टोलीले शनिवार एन्टिजेन चेक गर्दा नेगटिभ आएसंगै ती महिला कोरोनामुक्त भएकी छन् ।