• ट्रेण्डिङ:

'म मजदुर मायाको' म्युजिक भिडियो सार्वजनिक

'म मजदुर मायाको' म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

३१, जेठ २०७८
  • 4.0K
    SHARES
  • 'म मजदुर मायाको' म्युजिक भिडियो सार्वजनिक
     
    काठमाडौँ । न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीको शब्दमा रहेको 'म मजदुर मायाको'को म्युजिक भिडियो सार्वजनिक भएको छ।  

    यस गीतमा स्वर र संगीत गायक केशव भावुकको रहेको छ। सेण्टिमेण्टल भर्सनको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। लामो समय देखि संगीत क्षेत्रमा सक्रिय गायक भावुकका यसअघि सयौ गीत बजारमा आइसकेका छन्।  

    प्रेम, विरह र विछोडका कथालाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक फिचर्ड छन्।  कोरना कहरका कारण सुस्ताएको संगीत क्षेत्रलाई चलाएमान बनाउन जोखिम उठाएर मिहेनत साथ यो सिर्जना सार्वजनिक गरेको गायक भावुकले बताएका छन्।  

    मिराज अर्यालको  छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।   महेश बाबु दवाडीले निर्माता रहेको यस भिडियोलाई गीतकार दवाडको आधिकारिक च्यानल 'नमिता दवाडी' मार्फत सार्वजनिक गरिएको हो।  
    भिडियो लिंक: https://youtu.be/xM5TD8dQT7w 
     

    प्रकाशित मिति :जेठ ३१, २०७८ सोमवार - १०:१६:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको