• ट्रेण्डिङ:

खोटाङका एक हजार ३८ जनाले जिते कोरोना 

खोटाङका एक हजार ३८ जनाले जिते कोरोना 

रोदिक खबर

५, आषाढ २०७८
  • 2.7K
    SHARES
  • खोटाङका एक हजार ३८ जनाले जिते कोरोना 

    खोटाङ । खोटाङका एक हजार ३८ जनाले कोरोना संक्रमणलाई जितेका छन् । शनिबारसम्मको तथ्यांक अनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल एक हजार ५९७ जनालाई संक्रमण भएकामा एक हजार ३८ जना संक्रमित निको भएका हुन् । १० स्थानीय तह रहेको जिल्लामा एक हजार ३८ जनाले संक्रमण जित्दा र ६ जनाको मृत्यु हुँदा हाल सक्रिया संक्रमितको संख्या ५३४ रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।

    जिल्लामा संक्रमण जित्नेको संख्या सक्रिय संक्रमितको संख्याभन्दा ५०४ ले बढि हुन पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यद्यपी, केही दिन यता कोभिड–१९ को संक्रमण परीक्षणको दायरा भने साँघुरो पारिएको छ । पर्याप्त मात्रामा पिसिआर र एन्टीजेन परीक्षण गन छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आँकलन छ । 

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३५२ जना, हलेसी तुवाचुङ नगरपालिकाका १६३ जना, रावाबेँसी गाउँपालिकाका ७२ जना, केपिलासगढी गाउँपालिकाका ४३ जना, ऐसेलुखर्क गाउँपालिकाका ९० जना, जन्तेढुंगा गाउँपालिकाका ५३ जना, खोटेहाङ गाउँपालिकाका ५२ जना, साकेला गाउँपालिकाका १११ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ८६ जना र बराहपोखरी गाउँपालिकाका १६ जनाले संक्रमण जितेका छन् ।

    जिल्लामा हालसम्म ५ हजार ४४८ जनाको एन्टीजेन र १ हजार ८१५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५९७ जनालाई संक्रमण पूष्टि भएको हो ।

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २४९ जना, हलेसी तुवाचुङ नगरपालिकामा ५२ जना, रावाबेँसी गाउँपालिकामा ३४ जना, केपिलासगढी गाउँपालिकामा २३ जना, ऐसेलुखर्क गाउँपालिकामा ३० जना, जन्तेढुंगा गाउँपालिकामा १६ जना, खोटेहाङ गाउँपालिकामा ५ जना, साकेला गाउँपालिकामा ५८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ५८ जना र बराहपोखरी गाउँपालिकामा ९ जना सक्रिया संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । 

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म २४ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, साकेला गाउँपालिकामा १ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

    संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन् । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
    हालसम्म ३० जना जिल्ला बाहिरका अस्पतालमा रेफर भएका छन् भने २१ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । हाल ५१३ जना होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ ५, २०७८ शनिवार - २१:०१:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको