• ट्रेण्डिङ:

नेर्पाली एकता समाजद्वारा स्वास्थ्य सामग्री प्रदान

नेर्पाली एकता समाजद्वारा स्वास्थ्य सामग्री प्रदान

रोदिक खबर

७, आषाढ २०७८
  • 5.6K
    SHARES
  • नेर्पाली एकता समाजद्वारा स्वास्थ्य सामग्री प्रदान

    खोटाङ । कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि नेर्पाली एकता समाज काठ्माण्डौंले स्वास्थ्य कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

    महामारीका बेला ‘बाँच्ने र बचाउने’ अभियान सफल बनाउनका लागि नेर्पाली एकता समाज काठ्माण्डौंका अध्यक्ष गणेश पराजुलीको संयोजनमा स्वास्थ्य कार्यालय र वडा कार्यालय नेर्पालाई अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, थर्मलगन लगायतका स्वास्थ्य सामग्री उपलव्ध भएको हो ।

    health materials by nerpali akata sewa samaj photo_khotang1.jpg

    अध्यक्ष पराजुलीको संयोजनमा खाल्सा एड इन्टरनेशनलबाट स्वास्थ्य कार्यालयलाई १० लिटर क्षमताको ५ थान अक्सिजन कन्सन्ट्रेटर, नेर्पाका लागि २५ थान अक्सिमिटर र २ थान थर्मल गन जुटाइएको हो । 

    यस्तै, रबि लामिछाने फाउण्डेसनबाट नेर्पाका लागि २ सेट अक्सिनजन सिलिण्डर, १० लिटर क्षमताको एक थान र ५ लिटर क्षमताको एक थान अक्सिजन कन्सन्ट्रेटर, १० थान थर्मल गन, ४ थान स्ट्रेचर, ८ थान पिपिइ सेट, ५ बक्स सर्जिकल ग्लोव्स र २ हजार पिस फेस मास्क जुटाइएको नेर्पाली एकता समाजका अध्यक्ष पराजुलीले बताए ।

    नेर्पाका लागि जुटाइएको स्वास्थ्य सामग्री सोमबार सोही वडाका वडाध्यक्ष माधव राईलाई हस्तान्तरण गरिएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई, नेर्पाका वडाध्यक्ष राईको उपस्थितिमा अध्यक्ष पराजुलीले स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् । 

    यस्तै, नेर्पाली एकता समाजका अध्यक्ष पराजुलीकै संयोजनमा नेर्पाका सय परिवारलाई खाद्यान्न वितरण गरिएको छ । कोभिड–१९ को महामारीका कारण समस्यामा परेका परिवारलाई खाल्सा एड इन्टरनेशनलबाट जुटाएर चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न बाँडिएको हो ।

    स्थानीयलाई प्रतिपरिवार १५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी आलु प्याज, १ केजी चना, २ डल्ला सावुन, मञ्जन र ब्रस वितरण गरिएको पराजुलीले बताए । नेर्पाका वडाध्यक्ष राईको उपस्थितिमा नेर्पाली एकता समाजले स्थानीयलाई खाद्यान्न बाँडेको हो । 

    प्रकाशित मिति :आषाढ ७, २०७८ सोमवार - २२:४७:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको