शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

रोदिक खबर

८, आषाढ २०७८
  • 3.2K
    SHARES
  • सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

    खोटाङमा एक जना सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङकी २४ वर्षीया शान्ता कटवाललाई उद्धार गरिएको हो।

    जन्मिएको शिशुलाई अनिवार्य आईसियुमा राख्नुपर्ने हुनाले तुरुन्त आईसियुमा राख्न मिल्ने अस्पताल लान डाक्टरले सल्लाह दिएपछि महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट मंगलबार सुत्केरी महिलाको उद्धार गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए।

    घरैमा सोमबार राती ११ बजेबाट सुत्केरी व्यथा लागेर सिकिस्त बनेकी महिलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख रिजालले प्रयोग गर्ने गाडीले राती २ बजेपछि जिल्ला अस्पताल ल्याएको थियो।

    जिल्ला अस्पताल दिक्तेलमा उपचार असम्भव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंको थापाथली प्रसूति गृहमा पठाइएकी कटवालको उपचार सुरु शान्ताकी सानिआमा विष्णुमाया थापाले जानकारी दिईन्। थापाका अनुसार आठ महिनामै उनलाई सुत्केरी व्याथा लागेको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जिल्लाबाट हालसम्म नौ जना महिलाको उद्धार गरिएको श्रोतले जनाएको छ।

    प्रकाशित मिति :आषाढ ८, २०७८ मंगलवार - २०:१२:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको