• ट्रेण्डिङ:

खोटाङका १ हजार २१८ जनाले जिते कोरोना

खोटाङका १ हजार २१८ जनाले जिते कोरोना

रोदिक खबर

८, आषाढ २०७८
  • 5.3K
    SHARES
  • खोटाङका १ हजार २१८ जनाले जिते कोरोना

    खोटाङ । खोटाङका १ हजार २१८ जनाले कोरोना संक्रमणलाई जितेका छन् । सोमबारसम्मको तथ्यांक अनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल १ हजार ६६४ जनालाई संक्रमण भएकामा १ हजार २१२ जना संक्रमित निको भएका हुन् ।१० स्थानीय तह रहेको जिल्लामा १ हजार २१८ जनाले संक्रमण जित्दा र ८ जनाको मृत्यु हुँदा हाल सक्रिय संक्रमितको संख्या ४७३ रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।

    जिल्लामा संक्रमण जित्नेको संख्या सक्रिय संक्रमितको संख्याभन्दा ७९८ ले बढि हुन पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यद्यपि, केही दिन यता कोभिड–१९ को संक्रमण परीक्षणको दायरा भने साँघुरो पारिएको छ । पर्याप्त मात्रामा पिसिआर र एन्टीजेन परीक्षण गर्न छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आँकलन छ । अर्कातर्फ कतिपय सरकारी कार्यालयमै भिडभाड पनि बढ्न थालेको देखिएको छ । 

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४२३ जना, हलेसी तुवाचुङ नगरपालिकाका १८९ जना, रावाबेँसी गाउँपालिकाका ९८ जना, केपिलासगढी गाउँपालिकाका ५४ जना, ऐसेलुखर्क गाउँपालिकाका ९० जना, जन्तेढुंगा गाउँपालिकाका ५७ जना, खोटेहाङ गाउँपालिकाका ५२ जना, साकेला गाउँपालिकाका १३७ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ९३ जना र बराहपोखरी गाउँपालिकाका २५ जनाले संक्रमण जितेका छन् ।

    जिल्लामा हालसम्म ५ हजार ६७२ जनाको एन्टीजेन र १ हजार ८१६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६६४ जनालाई संक्रमण पूष्टि भएको हो ।

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१४ जना, हलेसी तुवाचुङ नगरपालिकामा ३२ जना, रावाबेँसी गाउँपालिकामा १२ जना, केपिलासगढी गाउँपालिकामा १३ जना, ऐसेलुखर्क गाउँपालिकामा ३४ जना, जन्तेढुंगा गाउँपालिकामा १२ जना, खोटेहाङ गाउँपालिकामा १३ जना, साकेला गाउँपालिकामा ३२ जना र  दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ५८ जना सक्रिया संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । सबै संक्रमितले कोरोना जित्दा बराहपोखरी गाउँपालिका भने संक्रमित मुक्त बनेको छ । 

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म २९ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० जना, हलेसी तुवाचु ङ नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, साकेला गाउँपालिकामा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

    संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन् । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना, रावाबेँसी गाउँपालिकामा १ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    हाल १८ जना जिल्ला बाहिरका अस्पतालमा रेफर गरिएको अवस्थामा छन् भने १० जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । हाल ४१० जना होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ ८, २०७८ मंगलवार - २०:३२:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको