शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

वर्षाले दिक्तेलबजार हिलाम्मे 

वर्षाले दिक्तेलबजार हिलाम्मे 

रोदिक खबर

१७, आषाढ २०७८
  • 6.0K
    SHARES
  • वर्षाले दिक्तेलबजार हिलाम्मे 

    वर्षाका कारण खोटाङको साविकको सदरमुकाम दिक्तेलबजारको विभिन्न सडक खण्ड हिलाम्मे बनेको छ । वर्षाका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा पर्ने दिक्तेलबजारका विभिन्न खण्ड हिलाम्मे बनेको हो । सडक हिलाम्मे हुँदा पैदल यात्रुलाई हिँड्डुल गर्नै सकस परिरहेको छ ।

    दिक्तेलको किरातचोक (रत्नपार्क) देखि सिँचाई गेट र त्रिबेणीचोकबाट मालपोत कार्यालयसम्मको खण्ड ढलान भइसकेको भएपनि बाँकी खण्ड हिलाम्मे हुँदा पैदल यात्री सकसकासाथ आवत–जावत गरिरहेका छन् ।

    दिक्तेलबजारको सिँचाईगेटदेखि त्रिबेणीचोक हुँदै हाटडाँडा खण्ड ढलान गर्न बाँकी छ । हालसम्म ढलान हुन नसकेको दिक्तेलबजारका सडकमा जमेको हिलोले पैदल यात्रीलाई हिँडडुल गर्नै समस्या भइरहेको छ । 

    dik.jpg

    हिलो जमेको सडकको डिलबाट हिँडडुल गर्दा समेत यात्रुको जुत्ता चप्पल हिलोमा भासिने गरेको छ । हिलोमा चिप्लिने र खुट्टा भासिने भएकाले रत्नपार्कबाट हाटडाँडा पुग्न दोव्वर समय लाग्ने गरेको स्थानीयको गुनासो छ ।

    दिक्तेल अस्पतालचोकबाट खानीडाँडा विमानस्थल हुँदै आहाले पुग्ने सडक कालोपत्रे गर्नेक्रममा दिक्तेलको टेलीकमको कार्यालयदेखि हाटडाँडा खण्ड स्वतः ढलान हुने छ । यद्यपी, बजारका बाँकी खण्ड ढलानको चरणमा रहेको छ । 

    प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - १९:५८:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको