• ट्रेण्डिङ:

निषेधाज्ञा पीडितलाई एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चको राहत 

निषेधाज्ञा पीडितलाई एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चको राहत 

रोदिक खबर

२६, आषाढ २०७८
  • 6.8K
    SHARES
  • निषेधाज्ञा पीडितलाई एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चको राहत 

    खोटाङ । खोटाङ घर भई हाल उपत्यकामा बसोबास गरिरहेको अवस्थामा निषेधाज्ञाका कारण मजदुरी काम गर्न नपाउँदा समस्यामा परेका स्थानीयलाई नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चले राहत प्रदान गरेको छ ।

    काठ्माण्डौं, भक्तपुर र ललितपुरमा ज्याला मजदुरीको काम गर्दै जीविकोपार्जन गरिरहेको अवस्थामा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका क्रममा लागू गरिएको निषेधाज्ञाका कारण काम गर्न नपाउँदा समस्यामा परेका सर्वसाधारणलाई चामल, दाल, नुन, तेल लगायत प्रदान गरेको हो ।

    निषेधाज्ञाका कारण ज्यालादारी काम गर्न नपाउँदा चुल्हो बाल्न धौ–धौ परिरहेका ३१४ परिवारलाई थोरै भए पनि राहत मिलोस् भन्ने लक्ष्यका साथ खाद्यान्न प्रदान गरिएको नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चका उप–सचिव तथा प्रचार विभाग प्रमुख कुमारबावु बस्नेतले जानकारी दिए । 

    ‘हुनेबाट लिने र नहुनेलाई बाँड्ने’ नीति अनुसार सहयोग रकम संकलन गरेर निषेधाज्ञाबाट पीडित परिवारलाई प्रतिपरिवार १५ केजी चामल, १ केजी दाल, १ केजी नुन, आधा लिटर भटमासको तेल, १ प्याकेट मसौराको प्याकेज प्रदान गरिएको हो ।

    निषेधाज्ञा पीडित परिवारलाई राहत प्रदान गर्नका लागि हालसम्म नगद तथा प्रतिवद्धता जनाइए अनुसार ४ लाख १४ हजार ७०० रुपैयाँ जुटाइएकोमा नगदबाट खाद्यान्न खरिद गरेर वितरण गरिएको नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चले जनाएको छ ।

    वास्तविक पीडित व्यक्ति नछुटुन् भन्ने उद्धेश्यले प्रत्येक नगरपालिका र गाउँपालिकामा तोकिएका २÷२ जना सम्पर्क व्यक्तिबाट आएको नामको आधारमा राहत बाँडिएको हो । गैर–खोटाङ्गे दृष्टिविहिन, अपांग र एकल महिलालाई समेत राहत प्रदान गरिएको नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नवराज रोकाले बताए । ५ वटा खाद्य सप्लायर्स बीचको प्रतिष्पर्धामा सुस्मिता खाद्य स्टोर कपनले सबैभन्दा सस्तो दरमा खाद्य सामग्री उपलव्ध गराएको मञ्चले जनाएको छ । 

    राहत वितरणलाई प्रभावकारी र पारदर्शी बनाउनका लागि गोकुल राई संयोजक र पदमसुन्दर राई सह–संयोजक रहेको राहत आवेदन समिति, दिपक दाहाल संयोजक र कुमारबाबु बस्नेत सह–संयोजक रहेको राहत संकलन/बितरण समिति, तेजमणी दाहाल संयोजक र पदमबहादुर मगर सह–संयोजक रहेको विपद व्यवस्थापन समिति तथा सम्पर्क मञ्चका अध्यक्ष नवराज रोका संयोजक र उपाध्यक्ष रविन्द्र ओझा सह–संयोजक रहेको अनुगमन समिति गठन गरिएको थियो । 

    प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - २२:४३:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको