• ट्रेण्डिङ:

जापान सरकारले नेपाललाई उपलव्ध गराएको एस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

जापान सरकारले नेपाललाई उपलव्ध गराएको एस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

रोदिक खबर

२३, श्रावण २०७८
  • 2.8K
    SHARES
  • जापान सरकारले नेपाललाई उपलव्ध गराएको एस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

     जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो ।

    कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

    सोही योजनाअनुसार शनिबार र आइतबार ८ लाख डोज खोप नेपाल भित्रिने बताइएको छ । बाँकी ८ लाख डोज कहिले आउने भन्ने विषय भने टुंगो लागिसकेको छैन । सरकारले आगामी असोज महिनाभित्र १ करोड बढी खोप ल्याउने तयारी गरेको छ ।

    प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १४:४९:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको