• ट्रेण्डिङ:

दिक्तेल रुपाकोट मझुवागढीलाई भदौ १ गतेदेखि १० गतेसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय 

दिक्तेल रुपाकोट मझुवागढीलाई भदौ १ गतेदेखि १० गतेसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय 

रोदिक खबर

२८, श्रावण २०७८
  • 7.9K
    SHARES
  • दिक्तेल रुपाकोट मझुवागढीलाई भदौ १ गतेदेखि १० गतेसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय 


    खोटाङ । दिनानुदिन कोभिड–१९ को संक्रमण दर बढ्न थालेपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई भदौ १ गतेबाट पूर्ण रुपमा बन्द गर्ने तयारी गरिएको छ । दैनिकजसो गरिएको कोभिड–१९ को परीक्षणका क्रममा संक्रमण दर अधिक देखिन थालेपछि १५ वडा रहेको नगरपालिकालाई १० दिनका लागि बन्द गर्ने तयारी गरिएको हो ।

    राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय, पत्रकार, उद्योग व्यवसायी, यातायात व्यवसायी, होटल व्यवसायी, टोल सुधार समिति लगायतको बुधबार नगरपालिकामा बसेको बैठकले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै आगामी भदौ १ गतेदेखि १० गतेसम्मका लागि नगरपालिकालाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख दिपनारायण रिजालले बताए ।

    नगरप्रमुख रिजालका अनुसार नगरपालिकाले १० दिने बन्दका क्रममा आवश्यक पर्ने खाद्यान्न, तरकारी, औषधि, ग्याँस लगायतका अन्य सामग्रीको व्यवस्था मिलाउन नगरबासीलाई आग्रह गरेको छ । 

    पछिल्लो समय खोटाङमा कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरमा पुःन संक्रमण दर तिव्र गतिमा बढ्न थालेको छ । खुला आवत–जावत, स्वास्थ्य सुरक्षाको पालनामा हेलचक्र्याँइ लगायतका कारण संक्रमण दर पुःन बढेको हो ।

    हाल हाटबजार, होटल तथा पसल, सरकारी तथा गैर–सरकारी कार्यालयमा स्वास्थ्य सुरक्षाको पालनामा बेवास्ता गर्न थालिएको छ । संक्रमित क्षेत्रसँगको सिधा यातायात सम्पर्कका कारण पनि संक्रमण फैलिएको अनुमान गरिएको छ । 

    प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - १३:४४:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको