शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

रोदिक खबर

२८, श्रावण २०७८
  • 4.3K
    SHARES
  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    सुनसरी । सुनसरीमा  जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ।  हात्तीको आक्रमणबाट बिहीवारसुनसरीको कोशी गाउँपालिका ४ का ५५ वर्षीय रामेखङ खत्वेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ​बिहान शौच गर्न गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट खत्वेको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव परीक्षण गर्न जिल्ला अस्पताल ल्याइएको छ। पछिल्लो समय आरक्षबाट राति तथा दिउँसो निस्कने हात्तीले दैनिक आतंक मच्चाउँदै आएको छ। हात्तीले स्थानीयवासीका बालीनाली नष्ट गर्नाका साथै घर टहरासमेत नष्ट गरेको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए।

    आरक्ष आसपास क्षेत्रमा हात्ती आतंक नियन्त्रणका लागि पटकपटक स्थानीयवासीले माग गर्नाका साथै आन्दोलनका कार्यक्रम गरे पनि अहिलेसम्म सम्बन्धित निकायले चासो नदिएको जंगली जनावर पीडित संघर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलले बताए।

    प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - १४:०९:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको