बिहिवार, कार्तिक १३ गते २०८३

पत्रकार महासंघलाई फर्निचर व्यवसायीको सहयोग

पत्रकार महासंघलाई फर्निचर व्यवसायीको सहयोग

रोदिक खबर

२९, श्रावण २०७८
  • 4.1K
    SHARES
  • पत्रकार महासंघलाई फर्निचर व्यवसायीको सहयोग

    खोटाङ । खोटाङका फर्निचर व्यवसायी निरकुमार श्रेष्ठ र मुगा श्रेष्ठले नेपाल पत्रकार महासंघ शाखा खोटाङलाई फर्निचर सहयोग गरेका छन् । दिक्तेलबजारमा सञ्चालित एनएस फर्निचर उद्योगका सञ्चालक श्रेष्ठ दम्पत्तीले नेपाल पत्रकार महासंघ शाखा खोटाङलाई १८ हजार मूल्य पर्ने एक थान टेवल प्रदान गरेका हुन् ।

    पत्रकार आपतकालीन सहायता कोष निर्माण अभियानमा जुटेको महासंघलाई फर्निचर व्यवसायी निरकुमार श्रेष्ठले शुक्रबार टेवलको घर्राको चाँबी नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष दिलीप खत्रीलाई हस्तान्तरण गरेका छन् ।

    व्यवसायी श्रेष्ठ दम्पत्तीले पत्रकार महासंघको दिक्तेलको भवनगैरास्थित सम्पर्क कार्यालय व्यवस्थापनका लागि फर्निचर निःशुल्क उपलव्ध गराएका हुन् । आपतकालीन सहायता कोषका लागि सहयोग रकम जुटिरहेको बेला श्रेष्ठ दम्पत्तीले भने पत्रकार महासंघलाई फर्निचर सहयोग गरेको बताएका छन् । 

    विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ स्थापना गरिएको आपतकालीन सहायता कोषमा हालसम्म ११ लाखभन्दा बढी रकम जम्मा भइसकेको महासंघका अध्यक्ष खत्रीले बताए । महासंघको गत जेठ ९ गतेको निर्णय अनुसार जिल्लामा क्रियासिल पत्रकारको हितमा उपयोग गर्नेगरी आपतकालीन सहायता कोष स्थापना गरिएको हो ।

    पत्रकार महासंघको साधारण सदस्य रहेर पत्रकारिताका क्षेत्रमा क्रियाशील रहेको अवस्थामा कुनै दुर्घटनामा गम्भीर भई अस्पताल लैजानु परेमा, अंगभंग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण निजको मृत्यु भएमा, बाढीपहिरोले घरमा क्षति पुगेमा आर्थिक सहयोग गर्ने गरी पत्रकार महासंघले कोष स्थापना गरेको हो ।

    आपतकालीन उद्धार, उपचार तथा राहतका लागि आपतकालीन सहायता कोष स्थापनाको अवधारणा अघि सारिएको अध्यक्ष खत्रीले बताए । सहयोग रकम नेपाल पत्रकार महासंघको नाममा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय दिक्तेलमा खोलिएको खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

    ‘दुर्घटनामा परेका, घाईते भएका, गम्भीर प्रकृतिका विरामी परेका, मृत्यु भएका पत्रकारको सहयोगार्थ आपतकालीन सहायता कोषको अवधारणा अघि सारिएको हो,’ अध्यक्ष खत्रीले भने, ‘संकटमा परेको अवस्थामा महासंघकातर्फबाट थोरै भएपनि सहयोग गर्ने र राहतको महसुस गराउने प्रयास थालिएको हो ।’ 

    आपतकालीन सहायता कोषमा हाल स्वेच्छिक रुपमा जिल्ला तथा जिल्ला बाहिरका पत्रकार, जनप्रतिनिधि, राजनैतिक दलका नेता, समाजसेवी, अभियान्ता लगायतबाट सहयोग प्राप्त भइरहेको महासंघले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - १८:३३:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको