• ट्रेण्डिङ:

खोटाङमा बढ्दैछ कोरोना संक्रमण ग्राफ 

खोटाङमा बढ्दैछ कोरोना संक्रमण ग्राफ 

रोदिक खबर

१, भाद्र २०७८
  • 3.2K
    SHARES
  • खोटाङमा बढ्दैछ कोरोना संक्रमण ग्राफ 

    दिनराज कार्की

    खोटाङमा कोभिड–१९ को संक्रमण दरको ग्राफ उकालो लाग्न थालेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा मंगलबारसम्ममा २ हजार ७०६ जनालाई संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितमध्ये २ हजार ४०६ जनाले कोरोना संक्रमणलाई जितिसकेका छन् ।

    हाल सक्रिय संक्रमित संख्या ३२९ जनामध्ये ३२० जना आइसोलेसनमा र ९ जनाको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सरकारी तथा गैर–सरकारी कार्यालय, वित्तीय संस्था, होटल तथा पसल, यातायातका सवारी साधन, हाटबजार खुला गरेसँगै संक्रमण दर बढेको पाइएको छ ।

    हाटबजारमा बाक्लो भिडभाड लाग्दा र स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा बेवास्ता गरेका कारण पुःन संक्रमण दरको ग्राफ उकालो लागेको हो । बिचमा संक्रमण दर केही मात्रामा घटेको भएपनि हाल बजार क्षेत्रमाभन्दा गाउँ–गाउँमा संक्रमण दर उच्च रहेको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. बैभव मल्लिकले बताए ।

    यद्यपी, जिल्लाका अधिकांश स्थानीय तहले संक्रमण परिक्षण नै गर्न छाडिसकेका छन् । हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मात्र दैनिकजसो परिक्षण गरिरहेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि बेला बेलामा संक्रमण परिक्षण गरिहेको छ । जिल्लामा अन्य स्थानीय तहले परिक्षण दर घटाएका छन् । कोभिड–१९ को संक्रमणका कारण हालसम्म १२ जनाको मृत्यु भइसकेको स्वास्थ कार्याल खोटाङका ल्याव टेक्नेसियन राजु राउतले बताए । 

    कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोटाङमा स्वअनुशासनको पालना गर्ने÷गराउने भनियो । स्वअनुशासनभित्र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना अनिवार्य गरिएन । अनुशासित भएर स्वअनुशासन पालना गर्नेले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे, नगर्नेले छुट पाए । यस कारणले पनि जिल्लामा कोरोना संक्रमण दर वढाउन वल पु¥याएको स्थानीय बताउँछन् ।

    यस्तै, संक्रमण बढेपछि विभिन्न स्थानीय तहले आफ्नो क्षेत्र सिल गरे तर सिल अवधिभित्र पनि कतिपय कार्यालयबाट सेवा प्रवाह भइरहे, सवारी साधनको आउजाउ रोकिएन । अर्कातर्फ नागरिक स्वयं स्वास्थ्य सुरक्षामा कम संवेदनसिल देखिएका छन् । भिडभाडमा जम्मा हुने, भौतिक दुरी कायम नगर्ने, मास्कको सही प्रयोग नगर्ने समस्या देखिए ।

    संक्रमण पूष्टि भएका संक्रमित होमआइसोलेसनमा बसे नबसेको प्रभावकारी निरिक्षण अनुगमन भएन । कतिपय संक्रमितले खुलेआम हिँडडुल गर्न छुट पाए । कतिपय संक्रमित १४ दिन होमआइसोलेसनमा बसे तर पुःन परिक्षण नगरी र नगेटिभ रिपोर्ट नआउँदै बाहिर निस्किएका कारण पनि संक्रमण दर तिव्र बन्न पुगेको हो ।

    सामाजिक सुरक्षाभत्ता वितरणका क्रममा दिक्तेलबजारका बैंकमा लागेको भीड नियन्त्रणमा बेवास्ता गर्दा पनि संक्रमण द्रुत गतिमा फैलिन पुगेको स्थानीय बताउँछन् । कतिसम्म भने कोभिड विरुद्धको खोप लगाउने स्थलमै भिडभाडका कारण संक्रमणको जोखिम देखिएको भन्दै आवाज उठ्ने गरेको छ । स्वअनुशासनको नारा अघि सारेका खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने जिल्लामा संक्रमण दर घटेको बताए । 

    संक्रमण दर तीव्र गतिमा बढेकै कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई मंगलबारदेखि सिल गरिएको छ । यसअघि गत जेठ ७ गतेदेखि केही समयका लागि नगरपालिकालाई सिल गरिएको थियो । कोरोना संक्रमण दर बढ्दै गएको र नगर उच्च जोखिममा परेकाले पुःन सिल गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए । हालसम्म जिल्लाका २६ हजार ७४६ जनाले पहिलो मात्राको खोप लगाएको र ११ हजार २७७ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । 

    प्रकाशित मिति :भाद्र १, २०७८ मंगलवार - २१:४७:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको