• ट्रेण्डिङ:

कोरोना संक्रमितलाई २ लाख ३० हजारमा हेलीकोप्टर चार्टर गरेर अस्पताल पुर्‍याइयो

कोरोना संक्रमितलाई २ लाख ३० हजारमा हेलीकोप्टर चार्टर गरेर अस्पताल पुर्‍याइयो

रोदिक खबर

४, भाद्र २०७८
  • 4.5K
    SHARES
  • कोरोना संक्रमितलाई  २ लाख ३० हजारमा  हेलीकोप्टर चार्टर गरेर अस्पताल पुर्‍याइयो

    खोटाङ । कोभिड–१९ बाट संक्रमितलाई हेलीकोप्टर चार्टर गरेर अस्पताल लगिएको छ । संक्रमण पूष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेको अवस्थामा स्वास्थ्यमा थप समस्या निम्तिएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका बस्नेत थरका पुरुषलाई बिहिबार २ लाख ३० हजारमा माउण्टेन हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएको हो ।

    संक्रमण पूष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेको अवस्थामा अक्सिजनको मात्रा घटेपछि संक्रमितलाई काठ्माण्डौं पुर्‍याइएको हो ।

    हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएका संक्रमितलाई टिचिङ अस्पतालमा भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडासदस्य प्रकाश श्रेष्ठले बताए ।

    प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - ०९:२४:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको