• ट्रेण्डिङ:

भीरबाट लडेर गम्भीर घाईते बनेकी शिक्षिकाको मृत्यु

भीरबाट लडेर गम्भीर घाईते बनेकी शिक्षिकाको मृत्यु

रोदिक खबर

११, भाद्र २०७८
  • 5.1K
    SHARES
  • भीरबाट लडेर गम्भीर घाईते बनेकी शिक्षिकाको मृत्यु

    खोटाङ । खोटाङमा भीरबाट लडेर शिक्षिकाको मृत्यु भएको छ । शुक्रबार खसीलाई घाँस काट्न गएको बेला हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित दियाले जनचेतना प्राविमा कार्यरत ४१ वर्षीय पार्वती राईको मृत्यु भएको हो ।

    आफ्नो नन्दसँगै घाँस काट्न गएकोबेला घर नजिकैको खुरी खोलामा लडेर गम्भीर घाईते भएकी राईलाई उपचारका लागि स्वास्थ्य संस्था लैजानेक्रममा बाटैमा मृत्यु भएको धितुङका वडा सदस्य खेमराज कार्कीले जानकारी दिए ।

    करिब ३० मिटरमाथिबाट खसेकी राईको ढुंगामा बजारिएर टाउको पछाडि गहिरो चोट लागेको र हात भाँचिएको अवस्थामा उद्धार गरेर उपचारका लागि अटोमा राखेर हलेसीतर्फ हिँडाइएको थियो । उनको शवलाई महादेवस्थानस्थित हलेसी सिद्धबाबा पोलिक्लिनिकमा राखिएको छ ।

    ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक विदामा भएका कारण जिल्ला प्रहरी कार्यालयबाट घट्नास्थल पुग्ने प्रहरीले घट्नास्थल मुचुल्का तयार पारेपछि अन्य प्रकृया अघि बढाउने तयारी गरिएको वडासदस्य कार्कीले बताए । उनका श्रीमान भने विदेशमा छन् ।

    प्रकाशित मिति :भाद्र ११, २०७८ शुक्रवार - २२:३४:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको