शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

रोदिक खबर

२८, भाद्र २०७८
  • 2.2K
    SHARES
  • आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

     काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू–भागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले मौसम बदली हुने महाशाखाले जनाएको छ।

    सोमबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

    प्रकाशित मिति :भाद्र २८, २०७८ सोमवार - ०८:१३:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको