शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

कालिका भगवती मन्दिर परिषरदेखि हाटडाँडासम्म सरसफाई

कालिका भगवती मन्दिर परिषरदेखि हाटडाँडासम्म सरसफाई

रोदिक खबर

२, आश्विन २०७८
  • 6.8K
    SHARES
  • कालिका भगवती मन्दिर परिषरदेखि हाटडाँडासम्म सरसफाई

    दिक्तेलको कालिका भगवती मन्दिर परिषरदेखि हाटडाँडासम्म सरसफाई गरिएको छ । संविधान दिवशको अवसरमा दिक्तेलको हाँटडाँडादेखि कालिका भगवती मन्दिरसम्म पुग्ने पैदलमार्ग तथा मन्दिर परिसर सरसफाई गरिएको हो ।

    संविधान दिवश मुल समारोह समिति खोटाङको आयोजनामा शनिबार बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा सरसफाई गरिएको संविधान दिवश मुल समारोह समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । 
    प्रजिअ शर्माका अनुसार हाँटडाँडादेखि कालिका भगवती मन्दिरसम्म पुग्ने पैदलमार्ग सरसफाई, मन्दिर परिसरमा फालिएको प्लाष्टिक, सिसाका वोतल, कागज, काठका टुक्रालगायत अन्य फोहोरहरुलाई व्यवस्थित गरी सरसफाई गरिएको प्रजिअ शर्माले बताए । सरसफाईका क्रममा जम्मा भएको फोहोरलाई तत्काल डढाएर नष्ट गरिएको छ ।

    sar.jpg

    सरसफाई कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शर्मा, जिल्ला समन्वय अधिकारी कल्पना श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाल, गोरखनाथ गण मुढे व्यारेकका गणपति नरोत्तम पौडेल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्साल, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक सरोज कार्की, राष्ट्रिय अनुसन्धान अधिकृत हिरा भट्टराई, जिल्ला हुलाक कार्यालय खोटाङकी प्रमुख प्रतिभा राई, जिल्ला निर्वाचन कार्यालय खोटाङकी प्रमुख कोपिला राई लगायत जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा सरसफाई गरिएको हो ।

    sa.jpg

    पर्यटकीय स्थल मझुवागढीमा अलौकिक शक्ति भएकी साक्षत मझुवा कालिका भगवती मन्दिर, बुधेश्वर महादेव गुफा, महादेवको विश्रामस्थल तीनतले ढुंगा, किरातीहरुको ऐतिहासिक गढी रहेको छ ।

    प्रकाशित मिति :आश्विन २, २०७८ शनिवार - १८:२६:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको