• ट्रेण्डिङ:

'केवल तिमी भित्रै' बोलको  नयाँ म्युजिक सार्वजनिक

'केवल तिमी भित्रै' बोलको  नयाँ म्युजिक सार्वजनिक

रोदिक खबर

८, आश्विन २०७८
  • 5.1K
    SHARES
  • 'केवल तिमी भित्रै' बोलको  नयाँ म्युजिक सार्वजनिक
    काठमाडौं–  स्मुल सिंगिङ ओपन ग्रुप (एसएसओजी) परिवारको प्रस्तुतिमा रहेको 'केवल तिमी भित्रै' बोलको  नयाँ म्युजिक सार्वजनिक भएको छ।  यस गीतमा गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राईको युगल गायन रहेको छ।  

    गीतमा शब्द पदम साधना कुलुङको रहेको छ। चन्द्र श्रेष्ठले संगीतवद्द गरेको यस गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन्।म्युजिक भिडियोमा भिडियोमा युवा पुस्ता माझ लोकप्रिय मोडल  कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त फिचर्ड छन् । मनि के राई को कोरियोग्राफी रहेको यस भिडियोलाई विनोद विनिरजरा राईले छायांकन र सम्पादन गरेका हुन्।

    चक्र पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘एसएसओजी अफ़िसिएल’ युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  

    भिडियो लिंक: https://youtu.be/tg7HtlzhJyE

    प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - ०७:३९:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको