शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

शिक्षासेवी एवं पूर्व यूके आर्मी इमानसिं राईको निधन

शिक्षासेवी एवं पूर्व यूके आर्मी इमानसिं राईको निधन

रोदिक खबर

८, आश्विन २०७८
  • 5.1K
    SHARES
  • शिक्षासेवी एवं पूर्व यूके आर्मी इमानसिं राईको निधन

     खोटाङ । खोटाङका शिक्षासेवी इमानसिं राईको निधन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी शिक्षासेवी राईको बुधबार ९६ वर्षको उमेरमा निधन भएको हो । बिक्रम सम्बत् १९८२ साल पुस १५ गते जन्मिएका शिक्षासेवी राईको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकाक्रममा काठ्माण्डौंमा निधन भएको हो ।

    सिकिस्त बिरामी परेका राईलाई उपचारका लागि हेलीकोप्टरमार्फत काठ्माण्डौं लगिएको थियो । बेलायती सेनाबाट अवकाश प्राप्त राई घर फर्केपछि शिक्षक पेशा प्रवेश गरी शिक्षक सेवाबाट समेत अवकाश प्राप्त व्यक्ति हुन् । बिक्रम सम्बत २०२३ सालमा बेलायती सेनाबाट अवकाश पाएका राईले २०४७ सालमा शिक्षकबाट अवकाश लिएका थिए ।

    बेलायती सेनाबाट फर्किएपछि सरस्वती मावि दिक्तेलमा पढाउँदै सोही विद्यालयमा कक्षा ९ मा भर्ना भएर अध्ययन सुरु गरेका राईले बिएड उत्तिर्ण गर्दै महेन्द्रोद्धय माबि ओख्रे डाँडागाउँ र दिक्तेल ईङ्लिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपलको भूमीका निर्वाह गरेका थिए ।

    शिक्षासेवी, सामाजिक अभियान्ता लगायतका बहुआयमिक व्यक्तित्वका धनी राई २०५४ सालमा तत्कालिन गाबिस अध्यक्षमा पनि निर्वाचित भएका थिए । शिक्षा र समाजसेवाका माध्यमबाट आफ्नो समाज, गाउँ र ठाउँको उत्थानमा सेवा पुर्‍याएकोमा शिक्षासेवी राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २०७५ सालमा एक लाख राशीको ‘नगर व्यक्ती पुरस्कार’ प्रदान गरेको थियो ।

    बिभिन्न क्षेत्रबाट समाज तथा नगरपालिकाको उत्थानकालागि बिशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गर्नेगरी स्थापना गरिएको नगर वर्ष व्यक्ति पुरस्कार सो वर्ष राईलाई प्रदान गरिएको थियो ।

    प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - ०७:५१:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको