• ट्रेण्डिङ:

जलविद्युत आयोजनाको सुरुङमा पुरिँदा एक जनाको मृत्यु, दुई घाइते

जलविद्युत आयोजनाको सुरुङमा पुरिँदा एक जनाको मृत्यु, दुई घाइते

रोदिक खबर

११, आश्विन २०७८
  • 2.2K
    SHARES
  • जलविद्युत आयोजनाको सुरुङमा पुरिँदा  एक जनाको मृत्यु, दुई घाइते

     खोटाङ । सोलुखुम्बुको लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीका २८ वर्षीय रामकृष्ण राईको मृत्यु भएको छ । सोमबार बिहान ३ बजे जलविद्युत आयोजनाको सुरुङभित्र काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढिस्कोले पुरिँदा राईको घट्नास्थलमै मृत्यु भएको हो ।

    उनी करिब महिना दिनघि मात्र जलविद्युत आयोजनाको काम गर्न सोलुखुम्बु पुगेका थिए । आफन्तको आग्रह बमोजिम आफन्त घट्नास्थल पुगेपछि मात्र राईको शव उठाउने तयारी गरिएको लिखु जलविद्युत आयोजनाका इन्जिनियर गणेश शर्माले बताए । सुरुङभित्र काम गरिरहेको अवस्थामा ढिस्को खस्दा रामकृष्ण करिब चार सय मिटर तल खसेका थिए ।

    सुरुङमा ढिस्कोले पुर्दा दोलखा जिरीका २१ वर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङका २८ वर्षीय प्रविन्द्र राई घाईते भएको प्रहरीले जनाएको छ ।

    घाईतेलाई उपचारको लागी हेलिकप्टरबाट केएमसी अस्पताल काठमाण्डौ पठाइएको छ । जानकारी पाए लगत्तै प्रहरीचौकी किन्जा र प्रहरीचौकी चौलाखर्कबाट प्रहरीको टोली घट्नास्थल पुगेको छ । खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले भने घट्नाका विषयमा जलविद्युत आयोजनाका प्रतिनिधिले परस्पर बाझिने कुरा गरेको बताए ।

    ‘घरी सुरुङमा ढिस्कोले पुरिएको कुरा, घरी चिया खान जाँदै गर्दा लडेको भन्ने कुरा आयो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘घट्नाको यतार्थ विषय बाहिर आउन पर्छ । पिडितकातर्फबाट न्यायोचित क्षतीपुर्ती उपलव्ध गराउनु पर्छ भन्ने कुरा अघि बढाएको छौँ ।’

    प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - १९:२०:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको