खोटाङ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका मिटर रिडर मनोरथ वास्तोला मृत फेला परेका छन् । मिटर रिडिङका लागि रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको तिर्पा पुगेका मिटर रिडर वास्तोला बास बसेकै ठाउँमा मृत फेला परेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा निवासी बास्तोला विगत ५/६ वर्षदेखि विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रमा मिटर रिडरका रुपमा काम गर्दै आएका थिए ।
सोमबार बिहान अबेरसम्म नउठेपछि उठाउन जाँदा वास्तोला मृत फेला परेको प्रहरीले जनाएको छ । मिटर रिडर वास्तोला स्थानीय राजकुमार खत्रीको घरमा बास बसेका थिए । उनको मृत्युको कारण खुलेको छैन ।