• ट्रेण्डिङ:

विद्युत प्राधिकरणका मिटर रिडर वास्तोला मृत फेला

विद्युत प्राधिकरणका मिटर रिडर वास्तोला मृत फेला

रोदिक खबर

१२, आश्विन २०७८
  • 5.4K
    SHARES
  • विद्युत प्राधिकरणका मिटर रिडर वास्तोला मृत फेला

    खोटाङ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका मिटर रिडर मनोरथ वास्तोला मृत फेला परेका छन् । मिटर रिडिङका लागि रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको तिर्पा पुगेका मिटर रिडर वास्तोला बास बसेकै ठाउँमा मृत फेला परेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले बताए ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा निवासी बास्तोला विगत ५/६ वर्षदेखि विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रमा मिटर रिडरका रुपमा काम गर्दै आएका थिए ।

    सोमबार बिहान अबेरसम्म नउठेपछि उठाउन जाँदा वास्तोला मृत फेला परेको प्रहरीले जनाएको छ । मिटर रिडर वास्तोला स्थानीय राजकुमार खत्रीको घरमा बास बसेका थिए । उनको मृत्युको कारण खुलेको छैन ।

    प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - २१:१३:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको