शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङका १० ज्येष्ठ नागरिक सम्मानित

खोटाङका १० ज्येष्ठ नागरिक सम्मानित

रोदिक खबर

१५, आश्विन २०७८
  • 5.5K
    SHARES
  • खोटाङका १० ज्येष्ठ नागरिक सम्मानित

    खोटाङ ।  अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा खोटाङका १० जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । ज्येष्ठ नागरिक जिल्ला संघको आजिवन सदस्य बनेका ज्येष्ठ नागरिकलाई ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार सम्मान गरिएको हो ।

    ज्येष्ठ नागरिक जिल्ला संघले आजिवन सदस्य भीमवहादुर कार्की, कर्णवहादुर बजिमय, ज्ञानवहादुर विश्वकर्मा, मुसुरीमायाँ आचार्य, सरस्वती खड्का, देवमायाँ आचार्य, पन्नामायाँ कार्की, कोपिला कार्की, कर्णवहादुर कट्वाल र कुलवहादुर कट्वाललाई सम्मान गरेको हो ।

    ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर जनही पाँच सय प्रदान गरिएको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । 
    जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, प्रहरी नायब उपरिक्षक उमेश लम्साल लगायतको हातबाट दोसल्ला ओढाएर सम्मान गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका महिला शाखाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको ज्येष्ठ नागरिक संघले जनाएको छ ।

    international old citizenship day photo_daman.jpg 
    ज्येष्ठ नागरिक संघको कार्यक्रमलाई दलकै उपेक्षा 


    ज्येष्ठ नागरिक जिल्ला संघले आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसलाई राजनैतिक दलले भने उपेक्षा गरेका छन् । भोट बैंकका रुपमा उपयोग भइरहेका ज्येष्ठ नागरिकले आयोजना गरेको कार्यक्रममा कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का प्रतिनिधि मात्र उपस्थित भएका छन् ।

    अतिथि आशन ग्रहणका क्रममा बोलाउँदा दलका प्रमुख तथा प्रतिनिधि नदेखिएपछि आयोजक मुखामुख गरेका थिए । ज्येष्ठ नागरिक, महिला, दलित लगायतको कार्यक्रमलाई सँधै जसो राजनैतिक दलले उपेक्षा गर्ने गरेको संघले जनाएको छ । कतिपय दलका नेतृत्वले आफै उपस्थित हुनुको सट्टा ‘मन राखिदिन’का लागि प्रतिनिधि पठाइदिने गरेको चर्चा चलेको छ । 

    प्रकाशित मिति :आश्विन १५, २०७८ शुक्रवार - १७:१२:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको