गायिका पासाङ ल्हामु शेर्पाको डेब्यु म्युजिक 'टारी खेत' सार्वजनिक

गायिका पासाङ ल्हामु शेर्पाको डेब्यु म्युजिक 'टारी खेत' सार्वजनिक

रोदिक खबर

३, कार्तिक २०७८
  • 4.5K
    SHARES
  • गायिका पासाङ ल्हामु शेर्पाको डेब्यु म्युजिक 'टारी खेत' सार्वजनिक

    काठमाडौं । गायिका पासाङ ल्हामु शेर्पाको डेब्यु म्युजिक 'टारी खेत' डिजिटल बजारमा सार्वजनिक भएको छ। शिक्षण पेशा संगै गायनमा सक्रिय गायिका शेर्पाले लोकप्रिय गायक राजेश पायल राई संगको सहकार्यमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।

    शान्तिराम राईको शब्द, संगीत रहेको यस गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन्। पुष्प खड्का र एलिशा राई बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण म्युजिक भिडियोमा सुरेश कोहली,आरोही चापागाई,प्रताब मगर,कुसुम केसीको समेत अभिनय रहेको छ।

    भिडियोमा शम्भु चालिसेको छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ। शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

    भिडियो लिंक: https://youtu.be/IG3WdQz6ank

    प्रकाशित मिति :कार्तिक ३, २०७८ बुधवार - १८:२८:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको