• ट्रेण्डिङ:

'जब तिमी' बोलको म्युजिक भिडियो सार्वजनिक

'जब तिमी' बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

१४, कार्तिक २०७८
  • 3.6K
    SHARES
  • 'जब तिमी' बोलको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं– नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा फेरि एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। 'जब तिमी' बोलको म्युजिक भिडियोमा उनीहरु एकसाथ देखिएका हुन्। भिडियोमा नायिका शर्मालाई बोनम्यारो फेल भएकी प्रेमिकाका रुपमा देखाइएको छ। प्रेमी आकाश उनलाई खुशी राख्न प्रयासरत देखिन्छन्।

    गायक नरेश गुरुङ र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा समावेश यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको संगीत र संगीत संयोजन रहेको छ। सौरव लामाले छायांकन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन्।

    किरण राईको निर्देशनमा भिडियो तयार पारिएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। ओसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

    भिडियो लिंक: https://youtu.be/QBJO4gXKUXs

    प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - १९:१४:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको