• ट्रेण्डिङ:

नेपाल आइडल ३ वेजेता सज्जा चौलागाईको  'आई  मिस यु'  सार्वजनिक

नेपाल आइडल ३ वेजेता सज्जा चौलागाईको  'आई  मिस यु'  सार्वजनिक

रोदिक खबर

२७, कार्तिक २०७८
  • 5.2K
    SHARES
  • नेपाल आइडल ३ वेजेता सज्जा चौलागाईको  'आई  मिस यु'  सार्वजनिक
     
    काठमाडौं–  गायिका सज्जा चौलागाईको स्वरमा समावेश  'आई  मिस यु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यथार्थपरक यस गीतलाई गीतकार  राजश्री बस्न्यात श्रेष्ठले आफ्नै  जीवन भोगाईलाई समेटेर लेखेकी हुन्।  

    वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले संगीतवद्द गरेको यस गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन्। दुई  जना  सुन्दर जवान छोरीहरु गुमानु पर्दाको पिडालाई समेटेर तयार पारिएको गरिमा शर्मा र श्रेया सिटौलाले छोरीहरुको भूमिका निभाएका छन्।  उत्तम हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।

    मनिक लाल श्रेष्ठ निर्माता रहेको भिडियोलाई गीतकार श्रेष्ठको परिकल्पना र निर्देशनमा तयार पारिएको हो।  गीतकार श्रेष्ठको आधिकारिक च्यानल 'राजश्री स्टोरिज' मार्फत भिडियो सार्वजनिक गरिएको हो। 

    भिडियो लिंक: https://youtu.be/2RUPzLBjIWA 

    प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - ११:४४:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको