खोटाङ । बालाचतुर्दशी मेलाको अवशरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
बालाचतुर्दशीको अवशरमा शुक्रबार त्रि–धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्ष्यीत गर्दै नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी हप्ता दिनसम्म मेला लाग्ने हलेसीमा नगरपालिकाका अधिकांश स्थानीय भेला भर्न र दर्शन गर्न जाने भएकाले बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिकिरण आचार्यले बिहिबार जारी गरेको सूचनामा उल्लेख छ ।
हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा लाग्ने मेलाई थप बृहत बनाउनका लागि नगरपालिकाले प्रत्येक मेलाको अवशरमा सार्वजनिक विदा दिँदैआएको छ ।
मेला भर्न तथा दर्शन गर्नका लागि हलेसीमा जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुईँचो लाग्न थालेको हलेसी मन्दीर व्यवस्थापन समितिले जनाएको छ । कोभिड–१९ को महामारीपछि हलेसीमा हलेसीमा दुई वर्षपछि मेला लाग्ने भएको हो । कोभिड सुरु भए यता हलेसीमा कुनै पनि मेला लाग्न सकेको थिएन ।