• ट्रेण्डिङ:

दिक्तेलमा थप पाँच जनालाई कोरोना संक्रमण पूष्टि

दिक्तेलमा थप पाँच जनालाई कोरोना संक्रमण पूष्टि

रोदिक खबर

२, माघ २०७८
  • 2.4K
    SHARES
  • दिक्तेलमा थप पाँच जनालाई कोरोना संक्रमण पूष्टि

     खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप पाँच जनालाई कोभिड–१९ को संक्रमण पूष्टि भएको छ । आइतबार ९ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनालाई संक्रमण पूष्टि भएको हो ।

    यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र संक्रमितको संख्या ८ पुगेको छ । शुक्रबार १० जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनालाई संक्रमण पूष्टि भएको थियो । संक्रमित होमआइसोलेसनमा बसिरहेको नगरपालिकाले जनाएको छ ।

    कोभिड–१९ को संक्रमणबाट जोगिनका लागि नगरपालिकाले भिडभाड नगर्न आव्हान गरेको छ । जिल्लामा पछिल्लो हप्ता दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको छ ।

    प्रकाशित मिति :माघ २, २०७८ आइतवार - २१:५७:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको