खोटाङ । खोटाङमा थप ८ जनालाई कोरोना संक्रमण पूष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जना र खोटेहाङ गाउँपालिकामा ४ जनालाई कोरोना संक्रमण पूष्टि भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बुधबार १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनालाई संक्रमण पूष्टि भएको हो ।
यससँगै नगरपालिकामा सक्रिया संक्रमितको संख्या २४ जना पुगेको छ । खोटेहाङ गाउँपालिकामा शंकास्पद ८ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनालाई संक्रमण पूष्टि भएको हो । संक्रमितहरु होमआइसोलेसनमा बसिरहेका छन् ।
जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको छ । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।