• ट्रेण्डिङ:

सुरक्षित रहेर कार्यक्षेत्रमा खट्न पत्रकारलाई महासंघको आग्रह 

सुरक्षित रहेर कार्यक्षेत्रमा खट्न पत्रकारलाई महासंघको आग्रह 

रोदिक खबर

६, माघ २०७८
  • 2.3K
    SHARES
  • सुरक्षित रहेर कार्यक्षेत्रमा खट्न पत्रकारलाई महासंघको आग्रह 

    खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सावधानी अपनाएर कार्यक्षेत्रमा खट्न पत्रकारलाई आग्रह गरेको छ । दिनानुदिन कोरोना संक्रमणदर वृद्धि हुँदैगएको अवस्थामा महासंघले बिहीबार विज्ञाप्तिमार्फत पत्रकारलाई संक्रमणबाट जोगिएर समाचार संकलन र सम्प्रेषणका लागि आग्रह गरेको हो । 

    महासंघका अध्यक्ष दिलीप खत्रीले जारी गरेको विज्ञाप्तिमा जिल्लामा कार्यरत पत्रकार÷सञ्चारकर्मीलाई सकेसम्म घर वा कार्यालयमै रहेर काम गर्न, रिपोर्टिङका लागि बाहिर निस्कनुपर्ने अवस्था भएमा स्वास्थ्य सुरक्षा सम्वन्धी उच्च सतर्कता अपनाएर जिम्मेवारी वहन गर्न आग्रह गरिएको छ । महासंघले ‘आफू बच्न र अरुलाई पनि बचाउन’ भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

    महासंघका अनुसार कोरोना भाइरसको तेस्रो लहरबाट नेपालमा हालसम्म महासंघ, प्रतिष्ठान तथा विभिन्न सञ्चार गृहमा कार्यरत २३० जना सञ्चारकर्मी संक्रमित भइसकेका छन् । 

    विज्ञाप्तीमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा नीति र मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र गराउनेक्रममा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउनका लागि उचित वातावरण बनाउन जिल्लास्थित जनप्रतिनिधि, प्रशासन, प्रहरी, राजनीतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाज, सर्वसाधारण लगायत समक्ष अपिल गरिएको छ । 

    प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - २०:४७:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको