• ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा थपिए १० हजार ३१९ कोरोना संक्रमित, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए १० हजार ३१९ कोरोना संक्रमित, ४ जनाको मृत्यु

रोदिक खबर

१०, माघ २०७८
  • 2.1K
    SHARES
  • पछिल्लो २४ घण्टामा थपिए १० हजार ३१९ कोरोना संक्रमित,  ४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ भने ८ लाख २४ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना रहेका छन् । जसमध्ये ८० हजार ७७९जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - १७:२४:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको