• ट्रेण्डिङ:

हिमपात पीडित ४० घरपरिवारलाई चामल र कम्बल  वितरण

हिमपात पीडित ४० घरपरिवारलाई चामल र कम्बल  वितरण

रोदिक खबर

२६, माघ २०७८
  • 8.9K
    SHARES
  • हिमपात पीडित ४० घरपरिवारलाई चामल र कम्बल  वितरण

    खोटाङको ऐसेलुखर्क गाउँपालिकाका हिमपात पीडित ४० घरपरिवारलाई चामल र कम्बल वितरण गरिएको छ । ऐसेलुखर्क गाउँपालिका वडा नम्बर–१ सोखु र वडा नम्बर–२ बिस्कामका हिमपात पीडित परिवारलाई प्रतिपरिवार १५ केजी चामल र २ वटा कम्बल वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    माघ २०, २१ र २२ गते भएको हिमपातका कारण उनीहरु घरबाहिर निस्कन समेत समस्या भएपछि राहत वितरण गरिएको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जानकारी दिइन् ।

    rr.jpg

    चिसो मौसमलाई ध्यानमा राखी पीडित परिवारलाई केही राहत दिने उद्देश्यले वितरण गरिएको राहत सामग्री गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले सम्वन्धित स्थानमा पुगेर वितरण गरेका हुन् । उनीहरुलाई वितरण गरिएको चामल गाउँपालिका र कम्बल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले उपलव्ध गराएको हो । 

    राहत वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, प्रमुख प्रशासकीय अधिकृत यादव, राखाबाङ्देलका वडाध्यक्ष झनकुमार राई, पत्रकार खेमराज पुरी, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थितिमा रहेको थियो । 

    प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - १८:२२:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको