• ट्रेण्डिङ:

विद्युत सर्ट हुँदा घरमा आगलागी, महिला गम्भीर घाईते 

विद्युत सर्ट हुँदा घरमा आगलागी, महिला गम्भीर घाईते 

रोदिक खबर

२, फाल्गुण २०७८
  • 3.9K
    SHARES
  • विद्युत सर्ट हुँदा घरमा आगलागी, महिला गम्भीर घाईते 

    खोटाङ । आगलागीमा जल्दा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु गारापुकी ४५ वर्षीय मैयाँ खत्री गम्भीर घाईते भएकी छन् । सोमबार विद्युत सर्ट भएर घरमा आगलागी हुँदा आगोको ज्वालाले पोल्दा खत्री गम्भीर घाईते भएकी हुन् । आगलागी भइरहेको घरबाट सामान झिक्नेक्रममा खत्रीलाई आगोको ज्वालाले पोलेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । 

    आगोको ज्वालाले भेट्दा अनुहार, हात लगायतका ठाउँमा जलेका खत्रीलाई उपचारका लागि गाउँपालिका अध्यक्ष राईले प्रयोग गरिरहेको गाडीमा हालेर बिराटनगर पठाइएको छ । खोटाङ र उदयपुरको सिमानामा पर्ने फोक्सिङटारसम्म गाउँपालिकाको गाडीमा पु¥याइएकी खत्रीलाई गाईघाटबाट झिकाइएको एम्बूलेन्समार्फत बिराटनगर लगिएको हो । 

    उनका श्रीमान अगमबहादुर खत्रीलाई गत २ असोजमा टुवा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो । खत्री दम्पत्तीका दुई छोरा रोजगारीका सिलसिलामा घर बाहिर छन् । श्रीमानको मृत्यु भएपछि उनी घरमा एक्लै बस्दैआएकी थिईन् । आगलागीमा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । 

    प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - २२:५९:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको