बिहिवार, कार्तिक १३ गते २०८३

दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ तयार, सफल परीक्षण 

दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ तयार, सफल परीक्षण 

रोदिक खबर

३, फाल्गुण २०७८
  • 5.4K
    SHARES
  • दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ तयार, सफल परीक्षण 

    खोटाङ । आगलागीको उच्च जोखिममा रहेको खोटाङको दिक्तेलबजारमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको छ । दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तरगत दिक्तेलबजारका १० स्थानमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो । खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुग्दा मंगलबार फायर हाइड्रेन्ट गेट भल्भ परिक्षण गरिएको छ ।

    दिक्तेलबजारमा आगलागी भएकोबेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्नेगरी फायर हाइड्रेन्ट गेट भल्भ तयार पारिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।

    पहाडी जिल्लामा दिनानुदिन आगलागीका घट्ना बढिरहेको बेला दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको हो । १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एबं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ १४ चैत २०७५ देखि खानेपानी तथा सरसफाई योजनाको काम सुरु गरिएको हो । सोही आयोजना अन्तरगत अग्नी नियन्त्रणका लागि फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो । 

    प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - १९:५९:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको