• ट्रेण्डिङ:

खोटाङका ६ स्थानमा जनचेतनामुलक कचहरी नाटक प्रदर्शन

खोटाङका ६ स्थानमा जनचेतनामुलक कचहरी नाटक प्रदर्शन

रोदिक खबर

११, फाल्गुण २०७८
  • 2.4K
    SHARES
  • खोटाङका ६ स्थानमा जनचेतनामुलक कचहरी नाटक प्रदर्शन

    खोटाङ । खोटाङको ६ स्थानमा जनचेतनामुलक कचहरी नाटक प्रदर्शन गरिएको छ । साईनो कला केन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा, दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा, दिक्तेल इंलिस बोर्डिङ स्कुल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जनचेतनामुलक कचहरी नाटक प्रदर्शन गरेको हो । 

    वैदेसिक रोजगारमा गएका व्यक्तिको घरपरिवारमा लगाइने लाञ्छना कम गर्ने, घरमा हुने बुवाआमाको पारिवारिक बेमेल र झैझगडाको कारण बालबच्चामा पर्ने अशर न्यूनीकरण गर्ने लगायतका सन्देश प्रवाहका लागि जनचेतनामुलक कचहरी नाटक प्रदर्शन गरिएको साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए । 

    kachahari drama by saino photo_daman1.jpg

    फागुन ९ गते सोल्माबाट सुरु गरिएको जनचेतनामुलक कचहरी नाटक प्रदर्शन बुधबार दिक्तेल इंलिस बोर्डिङ स्कुल हुँदै बुईपामा पुर्‍याएर टुंग्याइएको छ । कचहरी नाटक हेर्न स्थानीयको बाक्लो भिड लागेको थियो । कचहरी नाटकले अधिकांशको मन जितेको साईनो कला केन्द्रको दावी छ ।

    सोही जनचेतनामुलक कचहरी नाटक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको दुई स्थानमा प्रदर्शन गरिने कला केन्द्रका अध्यक्ष श्रेष्ठले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा साईनो कला केन्द्रले गाउँ–गाउँमा पुगेर कचहरी नाटक प्रदर्शन गरेको हो । 

    अनिल सुब्बाले निर्देशन गरेको जनचेतनामुलक कचहरी नाटकमा पवित्रा राई, कविराज राई, सञ्जिव राई, योगीन राई, सविना राई, निरुता खत्री, रोजिना खत्री, कौशिला राई र दिपेन्द्र राईको अभिनय रहेको छ । साईनो कला केन्द्रमा कचहरी नाटक सम्वन्धी १० दिने वर्कसपपछि कचहरी नाटकलाई गाउँ–गाउँमा पुर्‍याइएको हो । 

    प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - २१:०६:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको