• ट्रेण्डिङ:

प्रधानमन्त्री देउवाद्वारा फागुपूर्णिमाको शुभकामना

प्रधानमन्त्री देउवाद्वारा फागुपूर्णिमाको शुभकामना

रोदिक खबर

३, चैत्र २०७८
  • 2.3K
    SHARES
  • प्रधानमन्त्री देउवाद्वारा फागुपूर्णिमाको शुभकामना

     काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

    देउवाले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन्।

    फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागुपूर्णिमा मनाइन्छ। प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन्।

    साथै उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

    प्रकाशित मिति :चैत्र ३, २०७८ बिहिवार - ०९:१२:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको