• ट्रेण्डिङ:

रुखबाट लडेर गम्भीर घाईते भएका कट्टेलको मृत्यु

रुखबाट लडेर गम्भीर घाईते भएका कट्टेलको मृत्यु

रोदिक खबर

४, चैत्र २०७८
  • 2.8K
    SHARES
  • रुखबाट लडेर गम्भीर घाईते भएका कट्टेलको मृत्यु

    खोटाङ । खोटाङमा खन्यूको रुखबाट लडेर गम्भीर घाईते पुरुषको मृत्यु भएको छ । घाँस काट्नका लागि खन्यूमा चढेको अवस्थामा बिहिबार दिउँसो लडेर गम्भीर घाइते भएका साकेला गाउँपालिका–४ मात्तिमका ४७ वर्षीय गोपीलाल कट्टेलको मृत्यु भएको हो ।

    रुखमा चढेर घाँस झार्नेक्रममा लडेर जमिनमा बजारिएपछि गम्भीर अवस्थामा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएका कट्टेलको शिक्षण अस्पताल महाराजगञ्जमा पु¥याए लगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर साहले बताए ।

    पहिचान नखुलेका युवा फेला


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको तालखर्कमा पहिचान नखुलेका युवा फेला परेका छन् । करिब १८ वर्ष उमेरको देखिने तर नबोल्ने युवा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हालसम्म नाम र ठेगाना नखुलेको युवा चिन्ने व्यक्तिलाई नजिकको प्रहरी चौकीमा खबर गर्न आग्रह गरिएको छ ।

    प्रकाशित मिति :चैत्र ४, २०७८ शुक्रवार - १४:५९:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको