काठमाडौँ । मोडल खाजुम फिचर्ड गायक निमा तामाङको 'बाँध मायाले' बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको यस गीतमा गायिका अन्नु चौधरीको समेत स्वर सुन्न सकिन्छ। युवा प्रेम र आकर्षणको भावलाई समिटिएको यस गीतमा तारा प्रकाश लिम्बुको शब्द संगीत रहेको छ। यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका हुन्।
भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन र सम्पादनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।