• ट्रेण्डिङ:

कुकुरले बाटोमा ल्याएपछि मानव खप्पर भेटियो  

कुकुरले बाटोमा ल्याएपछि मानव खप्पर भेटियो  

रोदिक खबर

२१, चैत्र २०७८
  • 5.8K
    SHARES
  • कुकुरले बाटोमा ल्याएपछि मानव खप्पर भेटियो  

    सांकेतिक तस्विर । 

    खोटाङ, २१ चैत । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा मानव खप्परको कंकाल फेला परेको छ । साविकको छितापोखरी–१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताए । सोमबार बिहान विद्यालय जानेक्रममा स्थानीय शिक्षक सुरेश तामाङले मानव खप्परको कंकाल भेटेर प्रहरीलाई खबर गरेका थिए । 

    दिहुँबाट डाँडाखर्क जाने बाटोमा भेटिएको खप्परको कंकाल कसको हो भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर साहले बताए ।

    मानव खप्पर फेला परेपछि प्रहरी चौकी छितापोखरी र इलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले कानुनी प्रक्रिया पुरा गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिँदैछ । घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक साहले बताए । 

    बाटोमा खप्पर भेटिए पनि शरीरका अन्य भाग भने खोजी गर्दा नभेटिएको वडाध्यक्ष राईले बताए । 

    प्रकाशित मिति :चैत्र २१, २०७८ सोमवार - १८:१०:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको