• ट्रेण्डिङ:

खोटाङ बन्यो कोभिड–१९ संक्रमितमुक्त 

खोटाङ बन्यो कोभिड–१९ संक्रमितमुक्त 

रोदिक खबर

२७, चैत्र २०७८
  • 3.8K
    SHARES
  • खोटाङ बन्यो कोभिड–१९ संक्रमितमुक्त 

    खोटाङ, २७ चैत । खोटाङ कोभिड–१९ संक्रमित शून्य जिल्ला बनेको छ । बाँकी दुई सक्रिया संक्रमितले कोभिड–१९ को संक्रमण जितेसँगै आइतबारदेखि जिल्ला संक्रमितमुक्त जिल्ला बनेको हो । आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार २५ जनाको एन्टीजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । 

    जिल्लामा कोरोना संक्रमणको पहिलो, दोश्रो र तेश्रो लहरमा गरी ३ हजार ५०२ जनालाई संक्रमण पूष्टि भएकामा ३ हजार ४५८ जनाले संक्रमण जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लाका १ लाख २१ हजार ४३० जनाले पहिलो मात्राको र १ लाख ७ हजार ४२ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड–१९ को पहिलो र दोश्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए । 

    जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलव्ध छ । यस्तै, १ थान भेण्टीलेटर, ७ वटा एम्बूलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ । 

    प्रकाशित मिति :चैत्र २७, २०७८ आइतवार - २०:५५:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको