आइतवार, कार्तिक १६ गते २०८३

फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, अब एक लिटर पेट्रोलको १८० रुपैयाँ

फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, अब एक लिटर पेट्रोलको १८० रुपैयाँ

रोदिक खबर

८, जेठ २०७९
  • 2.0K
    SHARES
  • फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, अब एक लिटर पेट्रोलको १८० रुपैयाँ

    काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।
    त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।p.jpg

    प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - २२:०४:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको