पत्रकार चौंलागाईलाई किरात राई खेलकुद संघको सम्मान

पत्रकार चौंलागाईलाई किरात राई खेलकुद संघको सम्मान

रोदिक खबर

२३, आषाढ २०७९
  • 3.3K
    SHARES
  • पत्रकार चौंलागाईलाई किरात राई खेलकुद संघको सम्मान

     खोटाङ, २२ असार । किरात राई खेलकुद संघ केन्द्रीय कार्य समितिले खोटाङका पत्रकार उत्तम चौंलागाईलाई सम्मान गरेको छ । किरात राई खेलकुद संघको दिक्तेलमा आयोजित तेश्रो राष्ट्रिय अधिबेसन समापनको अवशरमा बुधबार पत्रकार चौंलागाईलाई नगद १५ हजार ५५५ राशी सहित सम्मान गरेको हो ।

    दिक्तेलको माटिकोरे कबर्डहलमा तेक्वान्दो ग्राण्डमास्टर राष्ट्र राईले पत्रकार चौंलागाई नगद तथा सम्मानपत्र हस्तान्तरण गरेका छन् । पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र खेलकुद क्षेत्रको सुधार, विकास, वेथिति विरुद्ध एवं सुशासनको पक्षमा समाचार सम्प्रेषण गरेर पु¥याएको योगदानलाई प्रशंसा गर्दैै सम्मान गरिएको किरात राई खेलकुद संघले जनाएको छ ।

    जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका चौंलागाई कान्तीपुर टिभीमा आवद्ध छन् । दशकदेखि पत्रकारितामा आवद्ध चौलागाई प्रभावन्यूजडटकमका अध्यक्ष छन् ।

    प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - ००:२५:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको