• ट्रेण्डिङ:

दलित महिला सदस्य मेनुजा मृत फेला

दलित महिला सदस्य मेनुजा मृत फेला

रोदिक खबर

२३, आषाढ २०७९
  • 2.7K
    SHARES
  • दलित महिला सदस्य मेनुजा मृत फेला


     खोटाङ। खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा बिश्वकर्मा  मृत फेला परेकी छन् । गत ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित बिश्वकर्मा बिहिबार बिहान मृत फेला परेकी हुन् ।

    मंगलबार माइतीतर्फका हजुरबाको मृत्यु भएपछि माइती घर पुगेकी मेनुजा झुण्डिएको अवस्थामा मृत फेला परेको रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए । मेनुजा ७२० मत ल्याएर दलित महिला सदस्यमा दोश्रो पल्ट विजयी भएकी हुन् । उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन् । उनका दुई छोरी छन् ।

    श्रीमान भूपेन्द्र बैदेसिक रोजगारीका सिलसिलामा दुबई छन् । बुधबार राती बुवाआमा हजुरबाको मरण भएको कान्छा काकाको घरमा गएपछि मेनुजा बहिनी र दुई छोरी सहित माइती घरमा सुतेकी थिईन् ।

     मेनुजाले बेला–बेलामा टाउको दुख्यो भन्दै सुनाउँदै आएकी थिईन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले बताए । स्नातक उत्तिर्ण गरेकी मेनुजाले कांग्रेसका वडा सभापतिको जिम्मेवारी पाएकी थिइन् ।

    प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - २१:२२:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको