• ट्रेण्डिङ:

जिल्ला अस्पताल खोटाङका बिरामीलाई फलफूल वितरण

जिल्ला अस्पताल खोटाङका बिरामीलाई फलफूल वितरण

रोदिक खबर

१९, भाद्र २०७९
  • 3.7K
    SHARES
  • जिल्ला अस्पताल खोटाङका बिरामीलाई फलफूल वितरण

    खोटाङ । जिल्ला अस्पताल खोटाङमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी युनियनकले ३२ औँ स्थापना दिवसको अवसरमा अस्पतालमा उपचार गराइरहेका १६ जना बिरामीलाई आइतबार फलफूल वितरण गरेको हो । 

    union.jpg

    निजामती कर्मचारी युनियन खोटाङका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका कर्मचारी विभाग प्रमुख टंकप्रसाद आचार्य, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय सदस्य अनिल आचार्य, इरन राई, प्रदेश सदस्य खेमराज आचार्य लगायतको हातबाट बिरामीलाई फलफूल वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष प्रकाश घिमिरेले जानकारी दिए ।

    karmachari.jpg

    अध्यक्ष घिमिरेका अनुसार स्थापना दिवसका अवसरमा बिरामीलाई फलफूल दिएर स्वास्थ्य लाभको कामना गरिएको छ । अस्पतालमा उपचार गराइरहेका बिरामीलाई स्याउ, केरा लगायतका फलफूल वितरण गरिएको हो ।

    प्रकाशित मिति :भाद्र १९, २०७९ आइतवार - १२:३३:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको