• ट्रेण्डिङ:

खोटाङमा करेन्ट लाग्दा एकको मृत्यु 

खोटाङमा करेन्ट लाग्दा एकको मृत्यु 

रोदिक खबर

१९, भाद्र २०७९
  • 2.3K
    SHARES
  • खोटाङमा करेन्ट लाग्दा एकको मृत्यु 

    खोटाङ । लघु जलविद्युत आयोजनाको करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु भएको छ । शनिबार स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर जम्पर जोड्नेक्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको मृत्यु भएको हो । करेन्ट लाग्दा गम्भीर घाइते भएका राईलाई स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि राती फेमिली केयर अस्पताल दिक्तेल लगिएको थियो । 

    तर अस्पताल पु¥याइए लगत्तै उनलाई मृत घोषणा गरिएको थियो । गत १६ भदौमा छुट्याइएको जम्पर जोड्नेक्रममा उनलाई करेन्ट लागेको वडाध्यक्ष मुगाधन राईले बताए । पाथेकामा २०७० सालदेखि ६० किलोवाट क्षमताको लघुजलविद्युत आयोजना सञ्चालनमा ल्याइएको थियो ।

    मृतकका श्रीमती र चार सन्तान छन् । विद्युतगृह नजिक घर भएकाले राईले बेलाबेला अवरुद्ध विद्युत मर्मत गर्दै स्थानीयलाई सहयोग गर्नेगरेका थिए । बिना सेफ्टी विद्युत मर्मतको काममा लाग्दा विभिन्न समयमा विद्युतका कर्मचारी र स्थानीयले ज्यान गुमाउने गरेका छन् । 

    प्रकाशित मिति :भाद्र १९, २०७९ आइतवार - २१:१८:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको